चीनको गान्सुमा रेल दुर्घटना, नौ जनाको मृत्यु, कयौं घाइते
काठमाडौँ, जेठ २१ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ स् २५ बजे रेल दुर्घटना भएको हो । प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
फ्रान्स–चीन ढुवानी रेल सेवा शुरु
यसैबीच, चीन र युरोपबीच फ्राइट ९सामान ढुवानी०का लागि नयाँ रेल सेवा शुरु भएको छ । बुधबारदेखि यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ ।
५० वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ ।
यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेलसेवाले जनाएको छ ।
शाङ्सी जिनाउ लजिस्टिकका व्यवस्थापक वाङ गोकिङले उक्त रेलमा फिटनेसका सामान र ९० हजार डिस्पोजेबल स्टेराइल सिरिंज समेतका अन्य सरसामान रहेको जानकारी दिए । ९रासस–सिन्ह्वा०
प्रतिक्रिया दिनुहोस्