छुवाछुत मानव सभ्यताको कलंक: प्रधानमन्त्री ओली

काठमाडौं , जेठ २१। प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए ।

उनले भने ‘यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ(आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु’ ।

छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने प्रतिवद्धता जनाए ।

उनले सुखी नेपाल समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा छुवाछुत चुनौतीको रुपमा देखिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्