नागरिकता अध्यादेशविरुद्धका रिटमाथिको सुनुवाइ शुरु
काठमाडौँ, जेठ २१ । नागरिकता अध्यादेशविरुद्धको रिटमाथिको सुनुवाइ शुरु भएको छ ।
सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको हो ।
वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उप(महासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाई दायर रिटमा सुनुवाइ जारी छ ।
आजै नागरिकता अध्यादेशविरुद्ध परेका रिटमा सुनुवाइ गर्न बरिष्ठ न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन भएको थियो ।
नागरिकता सम्बन्धी अध्यादेशविरूद्धको रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् ।
आजको इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँचमध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्।
नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ।
सरकारले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रयोजनका लागि केही दिनअघि नागरिक ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो।
प्रतिक्रिया दिनुहोस्