एमाले संस्थापनको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं , जेठ २० । नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि बुधबारको बैठक बिहीबारलाई सारिएको थियो ।
एमालेमा चर्केको अन्तरसंघर्ष र नेताहरुको कारवाहीबारे सम्वाद चलिरहेकाले बैठक स्थगित भएको अध्यक्ष ओली निकटका एक नेताले जानकारी दिए । यता आजै एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठक बसिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्