मन्त्री नेम्बाङ भन्छन्- लकडाउनपछि नेपालमा रेल र पानी जहाज चल्छ

काठमाडौं , जेठ १९ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले लकडाउनपछि नेपालमा रेल र पानी जहाज चल्ने बताएका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लकडाउनपछि जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चलाईने बताएका हुन् ।

उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चालनका लागि दश अर्ब बजेट छुट्याइएको छ । उक्त बजेट रेल सञ्चालन र निर्माणका लागि छुट्याइएको हो । ठेक्का पठ्ठाका कामहरु भइसकेका छन् ।’

यसैगरी केरुङ(काठमाडौ रेलमार्गबारे पनि दुई छिमेकी देशबीच सम्झौता गरिएको उनले बताए । भारत र चीन पक्षसँग रेल सञ्चालनबारे सम्झौता भएको भनको भनाइ छ ।

नेपालमा पानी जहाजको कार्यालय स्थापना भइसकेको बताउँदै अब अन्य देशमा मात्र नभएर नेपालमै पानी जहाज हुने मन्त्री नेम्बाङले बताएका छन् । पानी जहाज ऐनको ड्राफ्ट पनि पूरा भइसकेको अवस्था रहेको उनले बताए ।

अन्य देशमा अपुग भएको अवस्थामा नेपाल पनि नदी नालाहरु रहेको र त्यहाँ पानी जहाज सञ्चालन गर्न सकिने उनले बताए ।

थप लकडाउनपछि अर्थात् आर्थिक वर्षभित्रै सबै कुराको चाँजोपाँजो मिलाउने पनि मन्त्री नेम्बाङले बताए ।

प्रतिक्रिया दिनुहोस्