दरवार हत्याकाण्डको २० वर्ष पूरा: सम्झनामा राजा वीरेन्द्रको शालिकमा माल्यार्पण
काठमाडौँ, जेठ १९ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ ।
यसैबीच स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरेको छ ।
स्व. राजाले आफ्ना कार्यकालमा शान्ति र विकासमा नेपाल र नेपालीलाई पु¥याएको योगदानलाई कदर गर्दै स्वर्गीय राजा विरेन्द्र शान्ति प्रतिष्ठानले जावलाखेल स्थित उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको हो ।
राजा वीरेन्द्रलाई गुमाउन पर्दा अधिकांश जनताको मन अझै पनि बिझाइ रहेको राजा विरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले बताए । घटना सार्वजनिक हुन सकेको छैन ।
माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बल बहादुर बस्यालले स्वर्गीय राजा बीरेन्द्र शान्तिको अभियन्ता भएकाले वर्तमान अवस्थामा उनको अभाव झन खडेकीदै गएको बताए । दलहरुबीच राजतीतिक खिचतानी हुनुले झनता आक्रान्त बन्दै गएको बताउँदै नेता तथा राष्ट्रसञ्चालकहरु व्यक्तिगत स्वार्थमा लिप्त भएको आरोप लगाए । उनले यस परिस्थितिमा साझा अभियान सहितको नागरिक आयोगको जरुरत परेको बताए ।
कार्यक्रममा प्रतिष्ठनका सचीव रन्जित धमला, सदस्य हुमकुमारी गीरीलगायतको सहभागीता रहेको थियो ।
त्यस्तै सोहि कार्यक्रममा शालिक संरक्षणकर्ता लक्ष्मणसिंह खड्काले तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य पत्ता लगाउन नसक्नु आचर्यको कुरो भएको बताए ।
यता हत्या कसले र किन र्गयो भन्ने यकिन तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य
पत्ता लगाउन सकेको छैन ।
१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो ।
हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस्