जसपाको महन्थ पक्षले उपेन्द्र यादवलाई पनि पार्टी साधारण सदस्यबाटै हटायो
काठमाडौं, जेठ १८ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यबाटै हटाएको छ ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । यादवलाई कारबाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउने डा। सुरेन्द्र झाले जानकारी दिएका छन् ।
उता यादव पक्षले भने आजै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । उक्त कारबाहीको जानकारीको पत्र निर्वाचन आयोगमा दर्ता भएको नेता डम्बर खतिवडाले जानकारी दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्