अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय
काठमाडौं , जेठ १८ । नेकपा (एमाले)को पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राखिने भएको छ । आजको स्थायी कमिटी बैठकमा यस्तो छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उनको भनाइ छ । पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए ।
आजकोे बैठकले खनाल–नेपाल समूहका १२ नेतालाई कारबाहीबारे निर्णय नगरेको उनले जानकारी दिए ।अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्