भारतमा संक्रमण घट्ने क्रम निरन्तर जारी , दैनिक मृत्यु पनि कम हुँदै

काठमाडौं, जेठ १८ ।  पछिल्लो समय भारतमा नयाँ संक्रमितको संख्यामा कमी आउन थालेको छ ।. केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विगत ५४ दिन यताकै एक लाख २७ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् । कोभिड–१९ का कारण सो अवधिमा दुई हजार ७९५ जनाको ज्यान गएको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ९५ हजार रहेको छ । पछिल्लो ४३ दिनमा सक्रिय संक्रमितको संख्या २० लाख भन्दा कम भएको यो पहिलोपटक हो ।

भारतमा हाल कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने दर ९२।०९ प्रतिशत रहेको छ। यस्तै दैनिक संक्रमणदर ६।६२ प्रतिशत भएको छ । यो दर पछिल्लो ८ दिन लगातार १० प्रतिशत भन्दा कम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्