प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित
काठमाडौंजेठ १८ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ ।
संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको जानकारी गराएपछि सुनुवाइ स्थगित भएको हो ।
न्यायाधीशद्वयका तर्फबाट न्यायाधीश कार्कीले पत्र पढेर सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको घोषणा गरेका थिए ।
त्यसलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित हुने घोषणा गरेका थिए ।त्यसक्रममा प्रधानन्यायाधीश जबराले नयाँ रोस्टरबाट संवैधानिक इजलास गठन हुने जानकारी पनि गराएका छन् ।
यसअघि आजै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग परामर्श गरेका थिए । त्यसक्रममा वरिष्ठताका आधारमा न्यायाधीशहरूलाई राखेर संवैधानिक इजलास गठन गर्ने सहमति जुटेको थियो ।















प्रतिक्रिया दिनुहोस्