काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, थप निर्णय गर्न बैठक बस्दै

काठमाडौं, जेठ १८ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्नेबारे तयारी भइरहेको छ । यसका लागि उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) बीच मंगलबार दिउँसो छलफल हुने भएको छ ।

प्रजिआहरुले बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भइरहेको छ । पछिल्लो समय कोरोना संक्रमण दरमा केही कमी आएपछि जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुन लागेको हो । यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिदैछ ।

उपत्यकामा कोरोना संक्रमणको दर घट्दै गए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जेठ अन्तिमसम्म निषेधाज्ञा जारी राख्ने प्रशासनको तयारी छ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

केही दिनयता काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गर्दा संक्रमण दर तुलनात्मक रुपमा घटेको उनको भनाइ छ । उनका अनुसार जेठ २० गतेपछिको निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी सहजीकरण गरिनेबारे आज उपत्यकाका सीडीओहरुको बैठक बस्दै छ ।

उक्त निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो । केही समययता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटे पनि जोखिम भने यथावत रहेको बताएका छन् । हाल संक्रमित हुने भन्दा निको हुनेको दर बढेको छ ।

प्रतिक्रिया दिनुहोस्