वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत
काठमाडौं, जेठ १८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका पदाधिकारीबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको छ ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित बारका पदाधिकारीसँग प्रधानन्यायाधीश राणाले आज छलफल गरेका थिए । वरिष्ठ न्यायाधीश इजलासमा बस्न नमानेमा रोलक्रममा आउने न्यायाधीशलाई इजलासमा राख्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
आजको सुनुवाई स्थगित हुने सम्भावना बढेको सर्वोच्च स्रोतले जानकारी दिएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राख्न नहुने वकिलहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्