साउनदेखि प्लास्टिकका झोला बोक्न नपाइने

काठमाडौं, जेठ १५ । सरकारले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला विक्रीमा प्रतिवन्ध लगाएको छ। बजेटमार्फत सरकारले यस्ता झोला विक्रीमा रोक लगाउने बताएको हो।

सरकारले सपिङ मल र अन्य व्यापारिक स्थानमा कागज वा अन्य वैकल्पिक झोलाको व्यवस्था गर्न भएको छ।

खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्