प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन शुरु
काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन शुरु गरेका छन् । कोरोना महामारीले नागरिक आक्रान्त भइरहेको बेला प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । सँगै सरकारले शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेका हुन् ।
सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यो पटक नीति तथा कार्यक्रम आएन । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट ल्याउन लागिएको हो । संविधानको धारा ७६ ९५० अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको छ ।
चुनाव घोषणा भइसकेको अवस्थामा अध्यादेशमार्फत् बजेट ल्याउनु असंवैधानिक भन्दै चौतर्फी आलोचना भइराखेको छ । बजेटमा सरकारले नयाँ कार्यक्रम ल्याउन नमिल्ने बताइएको छ । चुनावमा मतदातालाई प्रभाव पार्नेगरी सरकारले नयाँ नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नु नहुनेमा विज्ञले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्