सभामुखलाई कानुनविद्को सुझावः ‘प्रतिनिधिसभा मरेको छैन, अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुस्’
काठमाडौं , जेठ १३ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो कानुनविद्हरुसँग वर्तमान समसामयिक संवैधानिक तथा राजनीतिक विषयमा छलफल गरेका छन् ।
छलफलका क्रममा संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते गरेको प्रतिनिधि सभा विघटन कुनै हालतमा संवैधानिक नठहर्ने भन्दै सभामुखलाई आफ्नो भूमिका बढाउन सुझाव दिएका छन् ।
संविधानविद्, डा। चन्द्रकान्त ज्ञवाली, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा तथा टिकाराम भट्टराई लगायतले यस्तो सुझाव दिएका हुन् ।प्रतिनिधि सभा विघटनपछि सभामुख सापकोटाले बिहीबार संविधानका जानकारहरुसँग गरेको परामर्शमा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।
सुझाव दिने क्रममा धेरैजसो सहभागीले प्रतिनिधि सभा मार्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको भन्दै सर्वोच्चको फैसला अनुसार सभामुखले राष्ट्रपतिलाई संसद अधिवेशन डाक्न सिफारिस गर्न सक्ने सुझाव दिए ।
यसैगरी, प्रतिनिधिसभा विघटन पश्चात् संसदको रक्षा लगायतका गतिविधिमा सभामुख सापकोटाले थप सक्रियता बढाउनुपर्ने विषयमा पनि कानुनविद्हरुले बताएका छन् ।
सभामुख सापकोटाले पनि प्रतिनिधिसभा संसदको संस्थाले नै अहिलेको व्यवस्थालाई सञ्चालन गरेकोमा यसको रक्षा र सम्मानमा जुट्नुपर्ने धारणा राखेका छन् ।
संसद विघटनको कामलाई अवमूल्यन गर्न नहुने बताउदै सापकोटाले यस्तो कुरा किमार्थ स्वकिार नहुने बतााए ।परामर्शका क्रममा सबैजसो कानुनविद्हरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक तथा अलोकतान्त्रिक नभएको दाबी गरेका थिए ।्फाइल तस्बिर















प्रतिक्रिया दिनुहोस्