काठमाडौँ उपत्यकामा मात्रै थपिए १ हजार ४९३ संक्रमित

 

काठमाडौँ, जेठ १२ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १३९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्