राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई पत्राचार, गरिन् खोप उपलव्ध गराई दिन आग्रह
काठमाडौं, जेठ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराई दिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गरेकी छिन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिको पत्रमा कोरोनाविरुद्धको खोप उपलव्ध गराउन पहल गरिदिन राष्ट्रपति कोविन्दलाई आग्रह गरिएको छ ।
भारतीय समकक्षीलाई उक्त पत्र पठाउनका लागि राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयलाई सम्पर्क गरेको तर पत्र गए नगएको जानकारी नआएको शीतलनिवास स्रोतले बतायो । पत्रमा भारतमा फैलिएको कोरोना महामारीप्रति राष्ट्रपतिले दुःख व्यक्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्