सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्दै , एजेण्डा यस्तो छ
काठमाडौं, जेठ ११ । प्रतिनिधिसभा विघटनपछिको पछिल्लो अवस्थाबारे सभामुख अग्नि सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्ने भएका छन् ।
अहिले दिउँसो १ बजे पछि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पूर्व सभामुखहरुसँग छलफल कार्यक्रम राखेको खबर आएको पूर्वसभामुख कृष्णबहादुर महराले जानकारी दिए ।
अहिलेको समसामयिक अवस्थाबारे सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । सरकारले जेठ ८ गते राति प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारीस गरेको थियो । सो विघटन असंवैधानिक रहेको भन्दै सापकोटाले जेठ ८ गते विज्ञप्ती नै जारी गरेका थिए ।
सरकारले सिफारीस गरेको केही बेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते गरेर दुई चरणको चुनाव घोषणा गरेकी थिइन् । जेठ ७ गते ७६ ९५० अनुसार प्रधानमन्त्री दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका संसदमा रहेका १ सय ४९ सांसदले राष्ट्रपति कार्यालयमा हस्ताक्षरसहित निवेदन बुझाएका थिए ।
तर, सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जनता समाजवादी पार्टी ९जसपा० महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको हस्ताक्षर सहित ओलीले १ सय ५३ जनाको समर्थन रहेको दाबी गरेका थिए ।
दुबै दाबीलाई राष्ट्रपति भण्डारीले खारेज गरेपछि देउवासहितका १४६ सांसदहरुले सोमबार सर्वोच्च अदालतमा पुगेर कागजातसहित हस्ताक्षर गरेर बुझाएका थिए । देउवाका पक्षमा बहुमत सांसद रहेको र उनले जेठ ७ गते गरेको दाबी सही सावित भएको भन्दै प्रधानमन्त्री नियुक्त गर्न माग गरिएपछि सभामुखले छलफल थालेका हुन् ।
यता
पूर्व सभामुख तथा नेकपा ९एमाले० संसदीय दलका उपनेता सुवास नेम्वाङ भने बैठकमा नजाने भएका छन् । उनले ढिला गरी खबर आएको र आफ्नो अर्कै कार्यसूची बनिसकेकाले आजको बैठकमा सहभागी नहुने बताए ।















प्रतिक्रिया दिनुहोस्