निषेधाज्ञा थप एक हप्ता थप्ने तयारी, उपत्यकाका सीडीओहरूको बैठक बस्दै

काठमाडौं , जेठ ११ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा छलफल गर्नका लागि वैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । गत वैशाख १६ देखि जारी गरिएको निषेधाज्ञा सकिन दुइ दिन बाँकि रहदा सीडीओको वैठक बस्न लागेको छ।

उपत्याकामा संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले जानकारी दिए । उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने छ ।

‘संक्रमणको जोखिम कायमै रहेकाले र कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा एकसाता थप्ने तयारी गरेको सीडीओ पराजुली बताए । यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञा उल्लङ्घन गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक जानकारी गरेर कोभिड अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गर्नेलाई एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने जानकारी दिनुभयो हो ।

त्यसैगरि, सार्वजनिक जानकारीमा अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

सार्वजनिक जानकारीअनुसार मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छै एकसय रुपैयाँ जरिवाना लिइनेछ ।

प्रतिक्रिया दिनुहोस्