देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका ३० सांसदले गरे रिटमा हस्ताक्षर

काठमाडौँ , जेठ १० । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाल पक्षका नेताहरू हस्ताक्षर संकलन गरी ससद सचिवालयमा जम्मा भइसकेका छन् ।

नेपाल पक्षबाट २३ जनाले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए । यसअघि नेपाल पक्षबाट ३० जनाले हस्ताक्षर गर्ने अर्की सांसद निरादेवी जैरुले बताएकी थिइन् ।

केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिए । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी पनि उपस्थित भएका छैनन् ।

सुरेन्द्र पाण्डे, दीपकप्रकाश भट्ट र नारायण खतिवडा भने नेपाल समूहतिरै आएर हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्