माधव नेपाल पक्षका नेतालाई कारवाही गर्ने एमालेको तयारी, ओलीले बोलाए स्थायी कमिटी
काठमाडौं , जेठ १० । नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो ४ बजे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका हुन्।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। त्यसै गरी माधव नेपाल पक्षसँग सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुने भएको छ। एमाले स्थायी कमिटिको शनिवारको बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना सांसदसँग स्पष्टीकरण मागेको थियो।
तर कसैले पनि स्पष्टीकरण दिएका छैनन्। स्पष्टीकरणको समयसीमा आज बिहान सकिएको छ।
ती सदस्यहरुलाई कारबाही प्रक्रिया के हुन्छ भन्नेबारे एमालेले स्पष्ट पारेका छैनन्। बैठकमा संसद विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् । यसैबीच यता नेपाल–खनाल पक्षले भने ओलीलाई स्पष्टकीकरण नबुझाउने भएको छ ।
पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल–नेपाल समूहका नेता भीम रावलले टिप्पणी गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्