राष्ट्रपतिले पद र ओहदाअनुसारको काम गर्नुभएन : प्रकाशमान सिंह

काठमाडौं , जेठ ९ । काँग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीले पद र ओहदा अनुसारको जिम्मेवारी पुरा नगरेको बताएका छन् ।

नेता सिंहले नयाँ सरकार गठनका लागि विपक्षी सांसदहरुले प्रक्रिया पुर्याएर बहुमत सांसदको हस्ताक्षर नै पेश गर्दा अस्वीकार गर्नु गैरजिम्मेवार र संविधान विपरित भएको बताए ।

उनले राष्ट्रपति जिम्मेवार नबन्दा संसद विघटन भएको भन्दै त्यसलाई अदालतमार्फत सच्चाउने कममा दलहरु लागेको बताए ।

ओलीसँग विश्वासको मत लिँदा नै ९३ जना भन्दा बढी सांसद नदेखिएको भन्दै विपक्षीहरुले १४९ जना पुर्याउँदा प्रमाण पनि प्रमाण नपुगे त यो पुगेन भनेर भन्नुपर्नेमा त्यसो नगरिएको सिंहको भनाई छ ।

शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्