माधव नेपाल पक्षले दियो नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, ९ जेठ । नेकपा एमालेको दुई पक्षबीचको विवाद चरम विन्दुमा पुगिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कमल राखिएको छ । राई काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्व विद्यार्थी नेता हुन् ।

संखुवासभा घर भएका राईले शुक्रबार दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । ‘जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएको छु । दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउने छु’, उनले भने । उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन् । कार्यसमिति २५ सदस्यीय छ ।

शनिबार बसेको एमालेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । एमाले फुटको संघारमा पुगेका बेला निर्वाचन आयोगमा एमालेका युवा नेताले नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपूर्ण ठानिएको छ ।

आइतबार प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकासँग अन्तर्वार्तामा पनि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने निर्णयमा पुगिएको बताएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद चुलिँदै जाँदा नेपाल पक्ष नयाँ दल खोल्नेसम्मका छलफल गरिरहेका छन् ।

‘यो विवाद धेरै लामो समयदेखि चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्