राष्ट्रपतिबाट मध्यरातमा संबिधान च्यात्ने काम भयो: डा. शेखर कोइराला

काठमाडौँ , जेठ ८ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिबाट मध्यरातमा संबिधान च्यात्ने काम भएकोले यो कदम क्षम्य नभएको बताएका छन् ।

गएराती सरकारको सिफारिशमा संसद विघटन गर्दै निर्वाचनको घोषणा गरेपछि प्रतिक्रिया दिदै डा।कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताउदै संविधानलाई समाप्त गर्ने काम भएको बताएका छन् ।

उनले भनेका छन्- आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो । राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ । संविधानलाई समाप्त गर्ने काम भएको छ । राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन ।

 

प्रतिक्रिया दिनुहोस्