एक सय ४९ सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न विपक्षी दल शीतलनिवास गए

काठमाडौं, जेठ ७ । विपक्षी दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा नियुक्तिको दाबी गर्ने भएका छन् ।

सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधव नेपाल समूहको सयुक्त बैठकले देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेका हुन् । बैठक लगत्तै नेताहरु शितल निवास प्रस्थान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठनको आव्हान गरेकी थिइन् । त्यो समय अगावै दलहरुले बहुमतको सरकारको दाबी गर्न लागेका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाका १४९ जना सांसदले हस्ताक्षर गरेका छन् । जसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र माधव नेपाल समूहका २७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्