जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने , दियो सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन

 

काठमाडौं , जेठ ७ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको छ ।

आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए ।

माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुरा नगर्ने तर प्रधानमन्त्री अ‍ोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनैलाई समर्थन गर्नु उचित हुने नेता महतोको धारणा थियो । ‘

प्रतिक्रिया दिनुहोस्