राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं , जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कायम गर्ने र सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले सहमतिको सरकार बनाउने प्रस्ताव गरेका हुन् ।

उनले अघि भने, ‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । साथै उनले राष्ट्रपतिको अपमान हुने काम भएको बताएका छन् ।

संबिधानले राष्ट्रपतिलाई अतिरिक्त अधिकार नदिएको बताउदै राष्ट्रपतिले गरेका सबै घोषणा आफुले सिफारिस गरेको र त्यसको जिम्मेवारी आफुले लिने बताए ।

उनले राष्ट्रपतिको अनावश्यक रुपमा हुर्मत लिने काम गरिएको बताउदै आपत्ति प्रकट गरेका छन् । अनावश्यक रुपमा राष्ट्रपतिलाई बद्नाम गरिएको भन्दै राष्ट्रपति गणतन्त्रको प्रतिक भएको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको बदनाम गरेर गणतन्त्रको नै बदनाम गर्न खोजिएको आरोप लगाए ।उनले अनावश्यक रुपमा उत्तेजित नहुन आग्रह गर्दै संबिधान अनुसार आफु अगाडी बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्