प्रधानमन्त्री ओलीको जवाफ- संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन

काठमाडौँ, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् ।सम्पादकहरुको अन्तक्रियामा उनले एकवर्षदेखि प्रधानमन्त्री हटाउने अस्वस्थ खेल मात्र भइरहेको बताए ।

प्रधानमन्त्रीले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताए ।उनले भने,‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’

प्रधानमन्त्रीले भने, ‘राष्ट्रपतिबाट भएको आह्वानको कृतिम नाटकीय व्याख्या भएको पाइयो । मानिलिउँ यो अचानक नयाँ कुरा आइपुग्यो जस्तो गरियो ।’

उनले भने, ‘प्रधानमन्त्रीलाई पदबाट हटाउनेमात्रै उद्देश्य छ । कुनै विकास निर्माणका काममा होइन । आफू सरकारमा पुग्ने इच्छामात्रै छ । यस्तो अवस्थामा सरकार चलाउन सक्ने अवस्था रहेन । सरकार ढाल्ने र नयाँ बनाउने असफल प्रयासकै वरिपरी रहिरह्यो ।’

प्रधानमन्त्रीले संसदीय प्रक्रियामा गएपनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेकाले मार्ग प्रशस्त गरिदिएको दाबी गरेका छन्।

उनले विश्वासको मतको कर्मकाण्ड पूरा गर्न समय लाग्ने भएकाले आफैले मार्गप्रशस्त गरिदिएको बताए। उनले बजेटको चाप र विश्वासको मत नपाउने अबस्था रहेकाले मार्ग प्रशस्त गर्दै सरकार गठन गर्न बिकल्प दिएको दाबी गरे।

उनले आफ्नै पार्टीका संसदहरुले आफुलाई मत नदिएर लोकतन्त्रिक प्रणालीकै हुर्मत लिइएको बताए। उनले बैकल्पिक सरकार बन्ने हो भन्ने तत्कालै बनाउनुपर्ने बताए।उनले आफुले मार्गप्रशस्त गरिदिँदा संविधान उल्लंघन नभएको बताए ।

उनले आज दिनभर दलहरु मिली सरकार बनाएपनि या बैकल्पिक सरकार बनाए आफ्नो रचनात्मक सहयोग रहने बताए। उनले आफु र आफ्नो दल किचकिच नगरी बिकल्पको सरकारलाई सहयोगी भावनाका साथ सहयोग गर्ने बताए।

उनले कोभिड बिरुद्ध लड्न सबैलाई सरकारमा सहभागी बन्न आह्वान गरे। आफुले बिहानै कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी या त बिपक्षीले सरकार बनाउन या आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गरेको बताए। उनले राष्ट्रिय राजनीतिलाई बिभाजन नगरी बिकल्प दिन समेत देउवलाई आग्रह गरेको जानकारी पनि गराए ।

 

प्रतिक्रिया दिनुहोस्