दौडधुपमा नेताहरुः बूढानीलकण्ठमा बसेको बैठक सकियो , फेरि ३ बजे बस्ने
काठमाडौं, जेठ ७। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन सकिएको छ । बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् ।
बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै निष्कर्ष ननिकालेको भए पनि छलफलमै रहेको बताएका छन् ।बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै उपयुक्त निर्णय लिइने बताए ।
उनले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल भएको जानकारी दिँदै अब कसरी अघि बढ्ने भन्नेबारेका विकल्पका विषयमा कुराकानी भएको बताए ।
उनले अब केही बेरमा उपयुक्त निर्णय लिने बताए । प्रचण्ड शीर्ष नेताको छलफल पछि पार्टीको स्थायी कमिटी बैठकमा जानेछन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले पनि दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको र त्यहींबाट निष्कर्ष निकाल्ने बताए ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको लागि आह्वान गर्नु असंवैधानिक भएको र नयाँ सरकारको विकल्प खोज्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्