स्थानीय तहको मतगणना सकियो, बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी

काठमाडौं , जेठ ६ । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ ।

स्थानीय तहमा रामबहादुर थापा बादललाई डा। खिमलाल देवकोटाले उछिनेका छन् । डा। देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् ।

२ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्