राष्ट्रियसभा उपनिर्वाचन : ३३८ मत खस्यो, नतिजा आजै आउने, कसले मार्ला बाजि ?
काठमाडौं , जेठ ६ । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेको सहायक मतदान अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
जसमा प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेको उनले बताए । जसमा २५ जना कोरोना संक्रमित मतदाताले मतदान गरेका छन् ।
वाग्मतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए । जसमा प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको थियो ।आजको निर्वाचनमा प्रदेशका चार र स्थानीय तहका पाँचजना मतदाता अनुपस्थित भएका छन् ।
उपनिर्वाचनमा तीनजना उमेदवार छन् । नेकपा ९एमाले०का तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फबाट डा। खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०बाट कृष्णबहादुर तामाङ उमेदवार रहेका छन् । बादल र खिमलालबीच मुख्य प्रतिष्पर्धा छ ।
मतदानको अन्तिम नतिजा आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको पौडेलले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्