मौन अवधिमा प्रधानमन्त्री ओलीले मागे मत, आचारसंहिता पालन गर्न आयोगको आग्रह

काठमाडौं , जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको उपनिर्वाचनमा मौन अवधि शुरु भएको बेला आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् ।

नेकपा एमालेकै मतदाताहरुको मत आधिकारिक उम्मेदवारलाई नपर्ने अवस्था बनेपछि मौन अवाधिको अवज्ञा गर्दै पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत दिन आफ्ना पार्टीका मतदातालाई चेतावनी दिएका छन् ।

निर्वाचन आयोगले जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको र यो अवधिमा मत माग्न नपाइने बताइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले नै मौन अवधि मा मत पागेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार एक अपिल जारी गर्दै ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका थापालाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

अपिलमा ओलीले अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गर्न कार्यदल बनेर काम शुरु भएको भन्दै पार्टीलाई एकताबद्ध बनाउने सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले थापा एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न चेतावनी पनि दिएका छन् । उनले पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने चेतावनी दिएका छन् ।

यता आयोगले एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट र सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने र निर्वाचन आचारसंहिता विपरीत मत मागेमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कारबाहीको व्यवस्था रहेको जनाएको छ ।

आयोगले अनुगमन गर्दा कसैले आचारसंहिता उल्लंघन गरेको देखिएमा त्यस्तो काम रोक्न आदेश दिन सक्ने व्यवस्था ऐनमा छ ।

आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना र त्यस्तो कामबाट निर्वाचन नै प्रभावित हुने देखिएमा उम्मेदवारी नै रद्द हुने व्यवस्था पनि रहेको छ ।

यसैबीच निर्वाचन आयोले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले प्रधानमन्त्रीको नाम उल्लेख नगरी अनुरोध गर्दा गर्दै पनि केहि व्यक्तिले विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने गरेको देखिएकोले आयोगको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

आयोगले भनेको छ( ुआयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीररुपमा ध्यानाकर्षण भएको छ ।

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।

त्यस्तै आयोगले भनेको छ( ुएकातर्फ आयोगले निर्वाचन आचार संहिता कडाइका साथ लागूगर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफै आचारसंहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन । अतः निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ ।

निर्वाचन आचार संहिता एक कानूनी आधार र नैतिक वन्धन पनि भएकोले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने आयोगको कार्यमा सहयोग पुर्यादिनुहुन सम्बन्धित सबैमा आयोग पुनः अपिल गर्दछ ।

प्रतिक्रिया दिनुहोस्