लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्मै धक्का
काठमाडौं, जेठ ५ । लमजुङ जिल्ला केन्द्रविन्दु भएर बुधवार बिहान भूकम्प गएको छ ।
बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसुस गरिएको छ ।
यसअघि वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३. ५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्