एमाले कार्यदलको पहिलो बैठक सकियो , गर्यो यस्ता निर्णय
काठमाडौं , जेठ ४ । नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठक सकिएको छ ।
सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको नेता भीम रावलले जानकारी दिएका छन् ।
बैठकले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचासंहिता तुरुन्त लागु गर्ने तय गरेको पनि उनले बताए ।
उनले भने “पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ, ” ।
जेठ २ गते नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५र५ नेताको सहभागीतामा कमिटी गठन गरिएको हो ।
उक्त कार्यदलले नेकपा भित्रको विवाद समाधानको लागि सुझाव दिनेछ । बैठक भोलि पनि बस्ने भएको छ ।















प्रतिक्रिया दिनुहोस्