जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने , महन्थ र उपेन्द्रबीच भयो यस्तो ८ बुँदे सहमित

काठमाडौं, जेठ ४। जनता समाजवादी पार्टी (जसपा)ले आफैंले सरकारको नेतृत्व गर्न पाएमा मात्र सरकारमा सहभागी हुने निर्णय गरेको छ।

यससँगै हाल प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत लिन बाँकी नै रहँदा जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रस्ट भएको छ।

मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै तत्काल सरकार नजाने र आफूले सरकारको नेतृत्व गर्न पाए मात्र सरकारमा सहभागी हुने बताएका हुन्।

जसपाले आफ्नै दलको नेतृत्वमा सरकारमा जाने बाहेक राष्ट्रिय सहमतिको सरकार गठन हुने भएमा पनि सरकारमा जान सकिने निर्णय गरेको छ तर गठबन्धनमा बहुमत जुटाएर बन्ने सरकारमा भने जसपा सहभागी नहुने भएको छ।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–विर्तक एवं अड्कलबाजीहरू भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

यता
यदि यो सहमति कायमै रहने हो र आफ्नो नेतृत्व वा राष्ट्रिय सहमतिको सरकारबिना जसपा सरकारमा नजाने हो भने नयाँ सरकार गठनको विकल्प कठिन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्