दिउँसो ३ बजे एमाले कार्यदलको बैठक बस्दै

काठमाडौँ, जेठ ४ । सत्तारुढ नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न आज कार्यदलको बैठक बस्न लागेको हो ।

कार्यदलमा सुवास नेम्वाङ, भिम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन् ।

नेम्वाङ अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक हुन् । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।कार्यदल गठन भएपछिको यो पहिलो बैठक हो ।

प्रतिक्रिया दिनुहोस्