सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने

काठमाडौँ, जेठ ४ । सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन समेत कठिनाई भएकाले सातामा एकरएक उडान हुने गरी प्रतिबन्ध हटाइएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसदबाट विस्वासको मत लिने विषय पनि छलफलमा आएको बुझीएको छ ।

प्रतिक्रिया दिनुहोस्