काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९८ संक्रमित, ५ हजार ७६७ जनाले जिते कोरोना

काठमाडौँ, जेठ ३ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यस्तै सोमबार देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । यता नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्