कैलालीमा जेठ १३ सम्म निषेधाज्ञा थपियो
काठमाडौं, जेठ ३ । कैलालीमा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु दर पनि बढिरहेकोले जिल्ला कोभिड–१९ संकट व्यवस्थान समिति ९डीसीएमसी०को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले यही जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय भएको प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरसँगै यसअघि १६ बैशाखदेखि तीनपटक गरी जेठ ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीएमसीको बैठकले कोरोना संक्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्ब्याउने सुझाव दिएको थियो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्