भारतमा कोरोना भाइरसको प्रभाव घट्न थाल्यो
काठमाडौं, जेठ २ । भारतमा कोरोना भाइरसको प्रभाव घट्न थालेको देखिएको छ।एकहप्ता अगाडिसम्म दैनिक ४ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित हुँदै आएका थिए।
यतिबेला त्यहाँ ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका हुन्।.यस्तै अहिले संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ
।मन्त्रालयका अनुसार गएको २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० व्यक्ति कोरोनाबाट सांक्रमित बनेका छन्।
सोही अवधिमा ३ लाख ६२ हजार ४३७ मानिस कोरोनामुक्त भएको बताइएको छ। अर्थात् संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी भएको छ।
यस्तै एकैदिनमा त्यहाँ ४ हजार ७७ कोरोना संक्रमितले ज्यान गुमाएको पनि जानकारी दिइएको छ।
समग्रमा भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४६ लाख पुगेको छ भने त्यहाँ दुई लाख ७० हजारको मृत्यु भइसहेको छ।
विश्वकै दोस्रो ठूलो जनसंख्या भारतमा अहिले ३६ लाख कोरोना संक्रमित छन्। यता नेपालमा पनि कोरोना निकै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्