मुलुकको राजनीति रहस्यमय बाटोतर्फ धकेलियो: रामचन्द्र पौडेल

काठमाडौं , बैशाख ३१ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको बताएका छन् ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संशय उब्जाएको उनले टिप्पणी गरे ।

मुलुकको राजनीति रहस्यमय बाटोतर्फ अघि बढेको र सयौं संसयहरु उब्जाएको उने बताए ।

प्रतिक्रिया दिनुहोस्