ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै, विवाद मिलाउने कसरतमा दुवै पक्ष
काठमाडौं , बैशाख ३१। नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । सिंहदरबारमा साँझ ६ बजे भेटवार्ता हुने तय भएको छ ।
आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । वार्तामा जाने नेपाल समूहका नेताहरुको टुंगो लागेको छ । ओलीसँगको वार्तामा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएका छन् ।
तर ओली तर्फबाट भने टुंगो लागेको छैन । ओली र नेपालबीच बिहीबार दिउँसो पनि लामो सम्वाद भएको थियो । यो सम्वादमा एमालेभित्रको विवाद मिलाउने सहमति भएपछि नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो ।
नेपाल समूह पछि हटेसँगै बिहीबार राति नै संविधानको धारा ७६ ९३० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई आजै शपथ ग्रहण समेत गराइसकेकी छिन् ।















प्रतिक्रिया दिनुहोस्