कांग्रेस-माओवादीले वैकल्पिक सरकारमा दावी नगर्ने, ओली फेरि प्रधानमन्त्री
काठमाडौं, बैसाख ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनका लागि दावी नगर्ने भएका छन् ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र आवश्यक संख्या जुटाउन नसकिएको भन्दै दुबै दलले बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संविधानको धारा ७६ ९२० अनुसार दाबी गर्नका लागि बहुमत नपुग्ने भएकाले दाबी नगर्ने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
‘यता
वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ । कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुर पक्षका कारण बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने जानकारी गराएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा।प्रकाशशरण महतले वैकल्पिक सरकारको सम्भावना टरेको छ । तर कांग्रेसले केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै प्रधानमन्त्री नियुक्त गर्न भने नमिल्ने बताएको छ ।
कांग्रेस बैठकमा एमालेको माधव नेपाल पक्ष समेत ओलीसँग मिलेको र महन्थ ठाकुर पक्षको समेत समर्थन लिएर ओलीले दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रधानमन्त्री हुन सक्ने विश्लेषण गर्दै त्यसो गर्न नमिल्ने जनाएको हो ।















प्रतिक्रिया दिनुहोस्