नेताबीच भेटवार्ता तीव्र: कांग्रेस पदाधिकारी बैठक जारी, सरकार गठनबारे निर्णय हुने

काठमाडौँ, बैशाख ३० । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । देउवा निवास बूढानीलकण्ठमा बैठक चलिरहेको हो ।

बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा घर्किँदै जाँदा दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ ।

पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड, अबको रणनीतिलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

यसअघि जसपा नेता महन्थ ठाकुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै वार्ता गरेका थिए । प्रचण्ड र देउवाबीच समयमै बहुमतको सरकार गठनमा दाबी गर्ने सहमित भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्