देउवा-प्रचण्डको भेट सकियो, के भयो कुराकानी ?
काठमाडौं, बैशाख ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुढानिलकण्ठमा भएको छलफल सकिएको छ।
बिहीबार दिउँसो देउवा निवासमा उनीहरूबीच कुराकानी भएको थियो।
स्रोतकाअनुसार सभापति देउवा र अध्यक्ष प्रचण्डबीच २० मिनेट कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड देउवा निवासबाट निस्केका छन्।
उनीहरूबीच बहुमतको सरकार दाबी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियो। तर के निर्णय भयो भन्नेबारे केही खुलेको छैन।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार सरकार गठन गर्न दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।
देउवाले आजै जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए।















प्रतिक्रिया दिनुहोस्