देउवाले बोलाए पदाधिकारी बैठक, जसपासँग छलफल, समर्थन जुट्ने सम्भावना
काठमाडौं , बैशाख ३० । नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफलपछि पदाधिकारी बैठक बोलाएका हुन् । बुढानिलकण्ठ स्रोतका अनुसार सिंगो जसपाको समर्थन जुट्ने सम्भावना बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ ९२० अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् ।
सो समयभित्र बहुमत जुटाएर राष्ट्रपति समक्ष निवेदन दिन काँग्रेसले तयारी थालेको छ ।















प्रतिक्रिया दिनुहोस्