नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिँदै अमेरिकाले निकाल्यो ‘ट्राभल एड्भाइजरी’

काठमाण्डौ, बैशाख २९ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ ।

भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने छ । यता अमेरिकाले  ट्राभल एड्भाइजरी निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । कोभिड–१९ को सङ्क्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल फोरु मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको हो ।

नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानको सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएको र यसबारेमा अहिलेसम्म नेपाल सरकारको तर्फबाट कुनै जवाफ नआएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्