बाग्लुङमा ट्याक्सी दुर्घटना, चालकसहित २ जनाको मृत्यु

काठमाडौं , बैशाख २९ । बाग्लुङको ढोरपाटन नगरपालिका ५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् ।

हिजो बेलुका ८ बजे ध १ ज ५२८ नम्बरको ट्याक्सी अनियन्त्रित भएर पल्टिँदा ट्याक्सीचालकसहित दुई जनाको ज्यान गएको हो । दुर्घटनामा ट्याक्सी चालक बाग्लुङको बढिगाड गाउँपालिका ५ का ढालबहादुर भनेर चिनिने ३५ वर्षका गोकर्ण थापा र यात्रु ढोरपाटन ५ का ४० वर्षका जोकबहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

जोकबहादुरकी श्रीमती रतिकला विक भने घाइते भएको र उनको उपचारका लागि काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्