चीनबाट आइपुग्यो ४ सय थान अक्सिजन सिलिन्डर

काठमाडौँ, बैशाख २८ । चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनेको २० हजारमध्ये चार सय थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार सय थान अक्सजिन सिलिन्डर चीनबाट नेपाल ल्याइएको जानकारी दिएको हो ।

बाँकी सिलिन्डर क्रमशः ल्याइने मन्त्रालयले जनाएको छ ।अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० विमान चीन गएको थियो ।

विमानले अक्सिजन सिलिण्डरका साथै १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान लिएर फर्किएको हो । अन्य सामग्री तयार हुनासाथ लिन जानका लागि विमान तयारी अवस्थामा राखिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्