काठमाडौँ उपत्यकाको निषेधाज्ञा दुई साता थपियो, अझै कडाइ गरिने

काठमाडौँ, बैशाख २८ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा दुई साता थप हुने भएको छ ।

अब काठमाडौँमा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुनेछ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई साता थप गर्दै आगामी जेठ १३ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।

थप भएको निषेधाज्ञामा अझै कडाइ गरिने भएको छ ।बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीका अनुसार निर्णयमा चाँडै हस्ताक्षर गरेर सार्वजनिक गरिनेछ ।

यसअघि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो। त्यस्तै काठमाडौँ उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।

दोस्रो भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्